शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजी बस्तीमा होमस्टे सञ्चालन

बुधबार, १९ फागुन २०७७, १६ : ३९
बुधबार, १९ फागुन २०७७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोपोन्मुख राजी समुदायले होमस्टे सञ्चालन गरेका छन् । अल्पसंख्यक राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो । वीरेन्द्रनगर–१०, दीपनगरस्थित राजी बस्तीमा सञ्चालन गरिएको होमस्टेमा पाहुनालाई राजी जातिका परम्परागत खानाका परिकार खुवाइन्छ भने राजी संस्कृति अवलोकन गर्न सकिनेछ ।

सुर्खेतमा रहेका राजी समुदायको रहनसहन भेषभुषा र संस्कृति फरक रहेका कारणले पर्यटक प्रवर्द्धन गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएको लोपोन्मुख सीमान्तकृत समाज उत्थान नेपालका अध्यक्ष एवं होमस्टे सञ्चालक लालबहादुर राजी बताउँछन् ।

होमस्टेको कर्णाली प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका हुन् । मन्त्री बुढाले कर्णाली प्रदेशमा आम्दानीका क्षेत्रमध्ये कम लगानीमा धेरै मुनाफा लिन सकिने क्षेत्र पर्यटन भएको बताए ।

पर्यटकहरुका लागि ठूला होटल सञ्चालन नभएको अवस्थामा होमस्टेलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिएको उनले दावी गरे ।

होमस्टे सञ्चालक राजीले राजी होमस्टेबाट लोपउन्मुख जातिको संस्कृतिको प्रचार प्रसार गरिने पनि बताए । ‘फरक संस्कृति भएको र फरक पहिचान बोकेको राजी समुदायको संस्कृति, खानपानका विषयमा जानकारी दिइने छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप