बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बुधबार, १९ फागुन २०७७, १५ : ५५
बुधबार, १९ फागुन २०७७

हेटौंडा । मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । बकैया गाउँपालिका–५ तीनतलेमा बुधबार ना६त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १३ का दिलशन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

हेटौंडाबाट सिमेन्ट लोड गरी बकैयातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीको भनाइ छ । दुर्घटनामा ट्याक्टर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १७ का सुनिल माझी र बकैया गाउँपालिका वडा नम्बर ७, भिरकोट बस्ने ५८ वर्षीय योगेन्द्रबहादुर राई घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले रातोपाटीलाई बताए ।

घाइते चालक माझीलाई हेटौंडा अस्पतालमा उपचार गराइ प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरका विभिन्न भाग तथा टाउकोमा चोट लागेका राईलाई भने थप उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल पठाइएको गजमेरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप