शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक: गृहमन्त्री थापा

बुधबार, १९ फागुन २०७७, १५ : ५१
बुधबार, १९ फागुन २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको दावी गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले बताएका हुन् ।

वार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्–‘केही विषयमा छलफल जारी छ, छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’ सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्तामा सहभागी थिए । विप्लव समूहका कार्यालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ वार्तामा सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप