बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ का लागि ७० प्रतियोगी छनौट

बुधबार, १९ फागुन २०७७, १५ : ४७
बुधबार, १९ फागुन २०७७

काठमाडौँ । विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले  प्रतियोगिता ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ को आयोजना हुने भएको छ । भक्तपुर निस्ट स्कुल तथा इनोभेसन इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना रहेको    प्रतियोगितामा ५ देखि ९ वर्षको छात्र तथा छात्राले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा बालबालिकाको आत्मविश्वास बढाउने, समाजमा सबैलाई कसरी सम्मान गर्ने तथा व्यक्तित्व विकासका कुरा सिकाउनुको साथै नृत्य, गायन, कला जस्ता कुराहरु पनि सिकाइनेछ । कार्यक्रमको पहिलो चरणको अडिसन केही दिन अगाडि भएको थियो भने दोस्रो चरणको अडिसन यहि शनिबार हुँदैछ ।

पहिलो चरणमा ७० जना बालबालिका छनोट भएका छन् । विद्यार्थीलाई पढाइको अलवा अतिरिक्त क्रियाकलापमा पनि सहभागिता जनाउन प्रतियोगिता आयोजना गरिएको आयोक भक्तपुर निस्ट स्कुलका प्रधानाध्यापक दिलिप रानाले बताए ।
पाँचदेखि सात तथा आठदेखि नौ वर्षका बालबालिका गरि दुई समूहमा विभाजन गरेर आयोजना हुने प्रतियोगिताको १४ चैतमा जमलस्थित नाचघरमा आन्तिम स्पर्धा हुनेछ । विजेताले शीर्ष ताजसहित विभिन्न पुरस्कार प्राप्त गर्न सक्ने आयोजक पक्षले जनाएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप