
घटेको सेयर बजारमा चन्द्रागिरीको सेयरले बढी कमायो, साल्ट ट्रेडिङको सेयर मूल्य १० हजार नाघ्यो

काठमाडौं । बुधबार सेयर बजारमा ३९.२३ अंकको गिरावट आएको छ । १.६० प्रतिशतले घटेको बजार २४१६ बिन्दुमा अडिएको छ । यसदिन ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँ बरारबरको सेयर कारोबार भएको छ । ट्रेडिङ र होटल तथा टुरिजम बाहेक सबै समूहमा गिरावट आएको छ । घटेको बजारमा चन्द्रागिरी हिल्सको सेयर सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रमगिरीको सेयर मूल्य प्रतिसेयर ५ सय ५० रुपैयाँ पुगेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनको पनि सर्किट ब्रेक लाग्ने गरी सेयर मूल्य बढेको छ । साल्ट ट्रेडिङको सेयर मूल्य १० हजार २ सय २ रुपैयाँ पुगेको छ । यता कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ । आजै मात्र लाभांश घोषणा गरेको टेलिकमको २९ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ