कंगना रनौतले इशारा–इशारामा नै साँधिन् दीपिका पादुकोणमाथि निशानाः भनिन्, ‘फाटेको अमेरिकी जिन्स...’

दीपिका पादुकोण बलिउडकी ग्ल्यामरस नायिकामध्ये एक हुन् । दीपिका हालै एक जिन्स कम्पनीकी ग्लोबल ब्रान्ड एम्बेसेडर बनेकी छिन् । यसको एउटा विज्ञापन उनले आफ्नो सोसल मिडिया अकाउन्टमा पनि सेयर गरेकी छिन् । यो भिडियो सार्वजनिक भएपछि अर्को एउटा विवाद निम्तिएको छ । विवाद निम्त्याउने हुन् कंगना रनौत । कंगनाले दीपिकाको नाम नलिइकनै उनीमाथि निशाना साँधेकी छिन् ।
रनौतले आफ्नो ट्वीटमा पुराना जमानाका महिलाको तारिफ गर्दै लेखिन्, ‘यी महिलाले आफ्नो व्यक्तित्व मात्रै झल्काएका छैनन्, आफ्नो पूरा सभ्यता, संस्कृपत र राष्ट्रलाई पनि प्रतिनिधित्व गरे । आजको समयमा यस्ता सफलता पाउने व्यक्तिहरुको तस्बिर खिचिन्छ जो फाटेको जिन्स र रुमालजस्तो ब्लाउज देखाउँछन् जसले अमेरिकी मार्केटिङबाहेक कसैलाई पनि प्रतिनिधित्व गर्दैनन् ।’
कंगनाले यो पोस्टमा तीन महिलाको तस्बिर सेयर गरेकी छिन् जो भारत, जापान र सिरियाका बताइएका छन् । कंगनाले आफ्नो पोस्टमा यी महिलाले आफ्नो पारम्परिक पहिरनमा सन् १९८५ मा यो फोटोसुट गराएको जानकारी दिइन् । कंगनाले दीपिकालाई ट्रोल गर्ने उद्देश्यले यस्तो गरेता पनि यो ट्वीट पछि प्रयोगकर्ताले उल्टै उनलाई ट्रोल गर्न सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)