शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

बुधबार, १९ फागुन २०७७, १४ : २२
बुधबार, १९ फागुन २०७७

बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिस्को इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ । 

इराकमा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल–असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन् । अमेरिकी सेनाका प्रवक्ता कर्णेल वाइने मारोटोले बिहान ७.२० बजे सैन्य शिविरलाई लक्षित गरी १० वटा क्षेप्यास्त्र प्रहार भएको पुष्टी गरेका छन् ।

इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरू इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ । यी क्षेप्यास्त्रहरू १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप