शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेगा बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

बुधबार, १९ फागुन २०७७, १४ : ०७
बुधबार, १९ फागुन २०७७

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ गुर्प अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरूमा विशेष छुटको व्यवस्था गरिएको छ ।  मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ ।

सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट सञ्चालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरू छन् । अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप