बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन चैत ७ गते हुने

बुधबार, १९ फागुन २०७७, १३ : ५६
बुधबार, १९ फागुन २०७७

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ । ७ गतेलाई महाधिवेशन बोलाएको महासंघले भोलिपल्ट अर्थात् चैत ८ गतेलाई महासंघको भावी नेतृत्व चयनको निर्वाचन समेत गर्ने जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी महासंघले साधारणसभा र नेतृत्व चयनको मिति घोषणा गरेको हो ।

निजी व्यवसायिक क्षेत्रकै छाता संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोभिडकालमा समेत सशक्त रुपमा व्यवसायीहरुको समस्यामा लडेको र बन्द रहेका सटरसँगै मालसामान आयात निर्यातको सीमा नाका खुलाउन समेत पहल गरेको भन्दै नेतृत्वदायी भूमिकामा रहेको महासंघको दोस्रो साधारणसभा घोषणा गर्न पाउँदा खुशी लागेको अध्यक्ष नरेश कटुवालले बताए ।  महासंघको साधारणसभा चैत ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ भने सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप