बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१ अर्बमा बिक्रि भयो चर्चिलले बनाएको पेन्टिङ, एन्जेलिना जोलीले गरिन् लिलामी

बुधबार, १९ फागुन २०७७, १३ : ४५
बुधबार, १९ फागुन २०७७

विन्स्टन चर्चिलले बनाएको मोरक्कोको एउटा सुन्दर प्राकृतिक दृश्यलाई एन्जेलिना जोलीले सोमबार बिक्रि गरेकी छिन् । एन्जेलिनाद्वारा लिलामी गरिएको यो तस्बिरको उच्चतम मूल्य १ अर्ब रुपैयाँ राखियो । दोस्रो विश्वयुद्धका चर्चित नेताद्वारा बनाइएको यो पेन्टिङको मूल्यको मामिलामा आफ्नो पछिल्लो रेकर्ड तोडिदिएको छ ।

कोटूबिया टावरको यो तस्बिर लण्डनमा क्रिस्टीले ८,२८५,००० पाउन्डमा खरिद गरिन् जुन नेपाली मुद्राका अनुसार १ अर्ब रुपैयाँ हुन्छ । बिक्रि अघि यसको मूल्य लगभग १.५ देखि २.५ पाउन्डबीच लगाइएको थियो । मूल्यको मामिलामा चर्चिलको पछिल्लो पेन्टिङ १.८ पाउन्डमा बिक्रि भएको थियो । जुन पेन्टिङ एन्जेलिनाले बेचेकी छिन् त्यसमा १२ औं शताब्दिको सूर्यास्तको समयमा मर्राकेचको एउटा मस्जिद देखाइएको छ जसको ब्याकग्राउन्डमा एटलसको पहाड देखिएको छ ।

यो पेन्टिङ राजनैतिक र हलिउडको इतिहासको हिसाबाले पनि असाध्यै महत्वपूर्ण छ । सन् १९३९–४५ को संघर्षका बेला बेलायतका प्रधानमन्त्रीद्वारा बनाइएको यो एकमात्र पेन्टिङ हो । यसलाई जनवरी १९४३ को केसाब्लांका सम्मेदनपछि पूरा गरिएको थियो । यहाँ चर्चिल र अमेरिकी राष्ट्रपति फ्रेंकलिन डी रुजवेल्टले नाजी जर्मनीलाई हराउने योजना बनाए ।

चर्चिलले उपहारमा दिएका थिए पेन्टिङः

दुबै नेताले सम्मेलनपछि मार्राकेचको भ्रमण गरे । चर्चित रुजवेल्टलाई शहरको सुन्दरता देखाउन चाहन्थे । चर्चिलले रुजवेल्टलाई यात्राको स्मरण स्वरुप उक्त पेन्टिङ उपहारमा दिए । पेन्टिङलाई रुजवेल्टका छोराले सन् १९४५ मा राष्ट्रपतिको मृत्युपछि बेचिदिएका थिए र जोली र उनका पूर्व श्रीमान् ब्राड पिटले सन् २०११ मा यो खरिद गर्नुअघि यसका थुप्रै मालिक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप