३४ पुगिन् अभिनेत्री श्रद्धा
मुम्बई । बलिउडकी सुन्दर अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् । तर उनी अहिले २२ वर्षजस्तो देखिन्छिन् । छोटो समयमा उनी बलिउडमा राम्रो पहिचान बनाएर लाखौं मानिसको दिलको धड्कन बन्न सफल छिन् ।
श्रद्धाले फिल्म करियरको सुरुवात सन् २०१० को फिल्म ‘३ पति’ बाट गरेकी थिइन् । उनको यो फिल्म फ्लप भएको थियो । त्यसपछि उनले फिल्म ‘लवका द इन्ड’ अभिनय गरिन् । फिल्ममा उनले टीन एजरको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयले प्रशंसा समेत पाएको थियो ।
श्रद्धा २०१३ मा मोहित सुरीको फिल्म ‘आशिकी २’मा पनि देखिएकी थिइन् । यो फिल्मको भूमिकाबाट उनी रातारात स्टार बनिन् । यस फिल्मको गीत समेत सुपरहिट साबित भएका थिए । श्रद्धा ‘एक विलेन’, ‘ओके जानु’, ‘हाफ गल्फ्रेण्ड’, ‘बागी’ जस्ता फिल्मका अभिनेत्री पनि हुन् । श्रद्धा अभिनेत्रीको अलवा राम्रो डान्सर पनि हुन् । श्रद्धा कहिल्यै पनि पर्सन लाइफको कारणले चर्चामा नआउने अभिनेत्रीमा समेत पर्छिन् ।
उनी फोटोग्राफर रोहन श्रेष्ठलाई डेट गरिरहेको अहिले चर्चा छ । दुवैको अर्काेसँग लामो चिनजान हो । अहिले उनीसँग ‘स्त्री २’ र ‘नागिन’ जस्ता फिल्म साथमा छन् । श्रद्धा ‘लव रन्जन’ फिल्ममा रणवीर कपुरका साथ पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह