शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ

बुधबार, १९ फागुन २०७७, ११ : ५८
बुधबार, १९ फागुन २०७७

झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय  गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप