स्रष्टा र सिर्जनामाथि म्युजिक नेपालको दृष्टिकोण
यतिबेला मुलुकमा लोकतान्त्रिक व्यवस्था छ । नेपालको नयाँ संविधानले मुलुकभित्र रहेका हरेक वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको भेषभूषा, भाषा र मातृत्व संस्कृतिलाई राष्ट्रियताको मान्यता दिएको छ । तर लामो समयदेखि जसरी एकल र नश्लीय भेषभूषा, भाषा र संस्कृतले राष्ट्रियता ग्रहण गरेको थियो, यसले अझै पनि धेरै क्षेत्रमा प्रभाव पारिरहेकै छ । धेरै समयदेखि जरा गाडेको हिजोको एकल र नश्लीय भेषभूषा, भाषा र संस्कार संस्कृतिले दबाइएका समाज र मुलुकको वास्तविक पहिचान झल्किने संस्कृतिलाई स्वीकार्न अझै पनि अनाकनी भइरहेका छन् । यसबाट कला र साहित्यको क्षेत्र पनि प्रभावित छ । जसका कारण बीचबीचमा कला सहित्यको क्षेत्रमा विवाद आइरहेकै हुन्छ ।
केही दिनअगाडि जनता समाजवादी पार्टीका युवा नेता तथा सिर्जनाका धनी स्रष्टा गङ्गा नारायण श्रेष्ठद्वारा रचित गीतको बजारीकरणको स्वीकृति लिन म्युजिक नेपाल पुगेपछि त्यो गन्ध देखियो । उनले आफ्नो जन्मदिनको अवसरलाई पायक पर्नेगरी रचिएका आन्तरिक राष्ट्रियतामा आधारित राष्ट्रिय गीतलाई सार्वजनिक गर्ने अठोट गरे । यसलाई स्वीकृति लिन र बजारीकरण गर्न उत्साहपूर्वक उनी म्युजिक नेपालमा छिरे । तर म्युजिक नेपालले वितरण गर्न मानेनन् । यसले के प्रमाणित गर्छ भने कला र साहित्यको क्षेत्र अझै पनि पुरातन संस्कृतबाट मुक्त छैन । नयाँ समाजिक संरचना र राज्य व्यवस्थालाई स्वीकार्न सकिरहेको अवस्था छैन ।
श्रेष्ठद्वरा रचिएको शब्दमा रमेश खड्काले सङ्गीत भरेका छन् भने चर्चित गायक राजेश पायल राई, तुलसा लिम्बू र सविना योङ्हाङले स्वर दिएर सङ्गीत बद्ध गरेका छन् । गीत आन्तरिक राष्ट्रियता झल्किने र मजबुत गर्ने खालको छ । तर यस्तो गीतलाई म्युजिक नेपालले वितरण गर्न किन मानेनन् ? प्रश्न गम्भीर रुपमा उठेका छन् । यतिबेला समाजमा छर्रा साहित्य र गीत सङ्गीतले डेरा जमाई रहेका छन् । तर राष्ट्रियतामा आधारित यस्ता काला साहित्य र गीत सङ्गीतले किन ठाउँ पाइरहेका छैनन् ? केवल पैसा कमाउनका लागि यसरी बुजुर्वा र छर्रा काला र साहित्यले ठाउँ पाइरहने हो र समाजको वास्तविक साहित्यले ठाउँ पाएन र बजारीकरण भएन भने हाम्रो मुलुक कहिले अगाडि बढ्न सक्दैन । समाज परिवर्तन र रुपान्तरणका लागि काला, साहित्य, गीत सङ्गीतको ठूलो भूमिका हुन्छ । यसलाई कसरी सही दिशामा अगाडि बढाउने ? चुनौती देखिन्छ । जिम्मेवार निकायहरुबाटै यसरी सही र सत्य कुराको स्वीकारोक्ति हुँदैन भने मुलुक कहाँ पुग्छ भने कुराको अनुमान सहजै गर्न सकिन्छ । म्युजिक नेपालले अगामी दिनमा यसखाले सोच, चिन्ता र प्रवृत्तिबाट मुक्त होस्, सबैको चाहना र अपेक्षा हो ।
कहिलेसम्म मुलुक यसरी एकल भाषीय र जातीय रुपमा अप्रत्यक्ष बन्धकी रहिरहने हो ? यो मुलुकको सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथिको ठूलो चुनौती हो । मुलुकमा छाडा गीत सङ्गीतले ठाउँ ओगटिरहेका बेला एउटा राष्ट्रिय गीतले यसरी स्वीकृति नपाउनु दुर्भाग्यको विषय हो । एउटा स्रष्टाका मनोबल गिराउनु दुखद छ । यस्तो गीतसङ्गीत र साहित्यले ठाउँ नपाए मुलुकका बहुवर्गीय, बहुजातीय र बहुधार्मिक साझा रुपमा रहेका भाषाभाषीले कसरी गर्व गर्न सक्छ ?
मुलुकमा प्रजातान्त्रिक लोकतान्त्रिक अभ्यास भएको ७० वर्ष भएको छ । तीन हजार वर्षदेखि एकल राज्य व्यवस्थाबाट आक्रान्त मुलुकका उत्पीडित वर्ग जाति क्षेत्र लिङ्ग र समुदायका मानिसले अहिलेको वैज्ञानिक र लोकतान्त्रिक युगमा स्वतन्त्र रुपमा बाँच्न नपाए त कहिले पाउने हो ? लामो समयदेखि एकल जातीय र नश्लीय भाषीय रुपले कहिलेसम्म डेरा जमाइराख्ने हो ? हामीले नतोडे कस्ले तोड्ने हो ? हामीले नयाँलाई ठाउँ नदिए कसले दिने हो ? स्रष्टा गङ्गा श्रेष्ठको गीतमा के यस्तो कमी थियो र म्युजिक नेपालले वितरण गर्न मानेन ? कमसेकम सुझाव पनि दिएन । बरु उनले रचिएका राष्ट्रिय गीतमा केही जाति र समुदायको विषय छुटेको छ, यो सुरुवात हो, छुट्नु स्वाभाविक हो, पछि यसलाई सम्पादन गर्ने सुझावसहित श्रेष्ठको शब्द सङ्गीत हेरौँ के भन्छ :
सयौँ भाषा, सयौँ भेष, सयौँ जात जाति
सबको पहिचान, सबले सम्मान गर्नुपर्छ साथी ।
पहिले म नेपाली हुँ अनि मधेसी
पहिले म नेपाली हुँ अनि पहाडी
पहिले म नेपाली हुँ अनि हिमाली
हाम्रो देश नेपाल, हामी नेपाली ।
सयौँ भाषा, सयौँ भेष, सयौँ जात जाति
सबको पहिचान, सबले सम्मान गर्नुपर्छ साथी ।
राई, लिम्बु, नेवार, तामाङ हामी नेपाली
गुरुङ, मगर, क्षेत्री, बाहुन हामी नेपाली
मुस्लिम, थारू, मधेसी हामी नेपाली
शिल्पी र दलित, अल्पसङ्ख्यक हामी नेपाली
हाम्रो देश नेपाल, हामी नेपाली ।
सयौँ भाषा, सयौँ भेष, सयौँ जात–जाति
सबको पहिचान, सबले सम्मान गर्नुपर्छ साथी ।
सबै भाषा, सबै भेष सबै नेपाली
सबै जात, सबै जाति सबै नेपाली
सबै भूगोल, सबै संस्कृति, सबै नेपाली
हाम्रो देश नेपाल, हामी नेपाली ।
सयौँ भाषा, सयौँ भेष, सयौँ जात–जाति
सबको पहिचान, सबले सम्मान गर्नुपर्छ साथी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)