केकी अभिनित ‘सुनसान मन’ चर्चामा
काठमाडौँ । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ अहिले चर्चामा छ । राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको गीतले दिन प्रतिदिन चर्चा कमाउन सफल भएको गायिका शाक्यले बताइन् ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । केकी भिडियोमा निकै फरक तवरले प्रस्तुत भएकी छन् ।
कोरोनाको कहरमा अग्रपङ्तिमा काम भर्ने स्वस्थ्यकर्मीको कथा व्यक्त गरेको गीत माथि भिडियो निर्माण गर्ने काम भने फिल्मका निर्देशक मदन घिमिरेले गरेका हुन् । भिडियोमा केकीले अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीको जिम्बेवारी र उनको मनका भावना अभिनय मार्फत ब्यक्त गरेकी छन् ।
थुपै्र फिल्म निर्देशक गरेका घिमिरे पछिल्लो समय भिडियो निर्देशनमा समेत ब्यस्त रहदै आएका छन् । गीतकार, चलचित्र निर्माता समेत रहेका घिमिरे उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् ।
काठमाडौं, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायाँकन भएको भिडियोमा रामेश्वर हुमागाईं छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
गीतको भिडियोमा महामारीको समयमा जिम्मेवारी निर्वाह गर्न खटिने स्वास्थ्यकर्मीको बिभिन्न पाटोहरू केकीको अभिनय मार्फत बुझाउने प्रयास आफूले गरेको निर्देशक घिमिरेले बताए । ‘गीतको भिडियो निर्माणमा धेरै मिहिनेत भएको थियो’ घिमिरेले भने ‘अहिले चर्चा पाएको देख्दा खुसी लाग्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान