फिल्म ‘गोर्खा वारियर–२’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘गोर्खा वारियर–२’ निर्माण घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । साहसिक गोर्खा सैनिक प्रति बिगुल फुकेर सम्मान गर्दै फिल्म घोषणा गरिएको कार्यक्रममा फिल्मको छायाँकन २७ फागुनबाट हुने बताइएको छ ।
फिल्म मिलन चाम्सले निर्माण निर्देशन गर्न लागेका हुन् । चाम्सले यस अगाडि घोषणा गरेको फिल्म ‘गोर्खा वारियर’ अहिले पनि निर्माण भएको छैन । तर उनले त्यसको सिक्वेलको रुपमा ‘गोर्खा वारियर २’ निर्माण गर्न लागेका हुन् । गोर्खा वारियरको छायाँकन गर्न केही ढिला हुने भएकाले यो फिल्म पछि मात्र ‘गोर्खा वारियर’ बनाउने कार्यक्रममा चाम्सले बताए ।
गोर्खा सैनिकका नभनिएका हजारौं कथा मध्य एक कथालाई फिल्मको बिषयबस्तु बनाइएको फिल्म ४ श्रृ‌ंखलासम्म निर्माण हुने कार्यक्रममा घोषणा समेत गरियो ।
कार्यक्रममा विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मका लागि शुभकामना दिए ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्मको सह–निर्मातामा सुरेश राई, पूर्ण लिम्बु रहेका छन् । नेपाल सहित मलेशिया र बेलायतमा खिचिने फिल्ममा रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दी तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसीलगायतको अभिनय रहनेछ । फिल्मबाट रितेस चाम्स नायकको रुपमा देखिदैछन् ।
२०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको फिल्ममा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, अर्जुन बिसीको सम्पादन, सुदिप बरालको छायाँकन र हिमाल केसीको द्वन्द्व रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन