चैतभित्र भीमफेदी–कुलेखानी सडक स्तरोन्नति हुन्छः मन्त्री फुयाँल
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी चैत महिनाभित्र भीमफेदी–कुलेखानी काठमाडौं सडक स्तरोन्नतीको काम सम्पन्न हुने बताएका छन् । निर्माणाधीन सडकको निरीक्षण गर्दै मन्त्री फुयाँलले भीमफेदीदेखि कुलेखानीको हेबीसम्म सडक फराकिलो बनाउने, नाला तथा पर्खाल निर्माणको काम एवं ३७ मोडमा स्ल्याप ढलानको काम सम्पन्न भएको र अब अलकत्राको पिच बनाउने काम शुरु हुने जानकारी दिए । उनले मदन भण्डारी मार्गअन्तर्गतको उक्त खण्डको स्तरोन्नति प्रदेश राजधानी र सङ्घीय राजधानी बीचको यात्रावधि एकदेखि डेढ घण्टासम्म छोटिने दाबी गरे ।
कूल रु ३२ करोड लागतमा सम्पन्न गर्ने गरी गत वर्षको फागुनमा सम्झौता गरिएको भीमफेदी–कुलेखानी सडकको स्तरोन्नतिको काम ७५ प्रतिशत सकिएको निर्माण कम्पनी मोतीदान जेभीका व्यवस्थापक शिव गौतमले जानकारी दिए । भीमफेदीदेखि चकमके देउरालीसम्म आठ किलोमिटर र देउरालीदेखि कुलेखानी हेबीसम्म ७.३ किलोमिटर गरी दुईखण्डमा निर्माणाधीन सडकको दुई भिन्नाभिन्नै निर्माण कम्पनीले काम गरिरहेको भए पनि एउटै व्यवस्थापनले हेरिरहेको उनले बताए ।
यसैबीच प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङमार्गको दक्षिणी खण्डको भैँसे–भीमफेदी सडकको स्तरोन्नतीको काम तीव्र पारिएको छ, जसअन्तर्गत हाल सडक फराकिलो पार्ने काम भइरहेको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । कूल लागत रु ६३ करोड ७० लाख ६५ हजारमा सडकलाई १० मिटरको चौडा पार्ने, नाला निर्माण गर्ने तार जाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गर्ने कार्य गरिने निर्देशनालयका निमित्त प्रमुख डा.सहदेवबहादुर भण्डारीले जानकारी दिए । दुई वर्षभित्र सम्पन्न गर्ने शर्तसहित हेटौँडाको आशिष डिएस जेभीले गत असार २४ मा निर्देशनालयसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी २०७९ साल असार २३ सम्ममा कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ