ad
केन्द्रीय संस्करण

फेवाताल किनारमा थुप्रिएको माटो निकाल्न शुरु

person explore access_timeफागुन १८, २०७७ chat_bubble_outline0

 

पोखरा । फेवाताल किनारामा थुप्रिएको माटो निकाल्न शुरु गरिएको छ । फेवातालको बाँध मर्मत सम्भारका लागि पानीको सतह घटाएको मौका पारेर गण्डकी प्रदेश सरकारको अगुवाईमा माटो निकाल्न थालिएको हो ।

वातावरण मन्त्रालयको संयोजनमा, पोखरा महानगरपालिका र अन्य कार्यालयको समन्वयमा फेवाताल छेउमा थुप्रिएको माटो निकाल्ने कार्यको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले थालनी गरे । ताल किनारमा देखिएको लेदो माटो, फोहोरमैला लगायतका बस्तु निकाल्नका लागि गठन गरिएको समितिले फिर्केखोलाको अन्तिम बिन्दु गाइघाटबाट माटो निकाल्न शुरु गरेको छ ।

फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुङ्गा, गिट्टी, बालुवा, प्लास्टिक लगायतका थुप्रिए बस्तु निकाल्न शुरु गरिएको पर्यटन मन्त्री लम्सालले जानकारी दिए ।  उनले फेवातालमा २९ वटा साना खोला आउने फोहोरलाई व्यवस्थापन गर्न लागेको बताउँदै तालको सौन्दर्यकरणमा सबैले साथ दिन आग्रह गरे ।


फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले फेवातालमा मिसिएको माटो १५ दिनभित्र निकाल्ने लक्ष्य रहेका जानकारी दिए ।‘फेवातालबाट अहिले करिब १५ हजार घनमिटर माटो निकाल्ने योजना छ,’ उनले भने । ‘ताल किनारामा माटो ठाउँ अनुसार एकदेखि तीन मिटर गहिराई सम्म निकालिने छ ।’

तालबाट निकालिएको माटो वसुन्धरा पार्क र कोमागाने पार्कमा रहेका खाल्डाखुल्डी पुरिने उनले बताए ।

फेवातालको बाँध मर्मत सम्भारको लागि पानीको सतह घटाएपछि नागरिकस्तरबाट ताल किनारामा थुप्रिएको माटो र फोहोर निकाल्नका लागि स्थानीयले माग गर्दै आएका थिए ।

फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो मिसिने गरेको सरकारी तथ्याङ्क छ । वर्षेनी तालको किनारामा माटो थुप्रिदै गएका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढिरहेको छ ।

फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तालको क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात् ५.७२६ वर्ग किलोमिटर रहेको सार्वजनिक गरेको छ ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.