
ज्योती लाइफको आईपीओ फागुन २१ गतेबाट खुल्ने

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ आगामी फागुन २१ गतेबाट खुल्ने भएको छ । यसअघि फागुन २३ गतेलाई तोकिएको कम्पनी आईपीओ निष्काशनको मिति परिवर्तन हुँदै २१ गतेलाई तोकिएको हो । कम्पनीले एकसय दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्दैछ । जसमध्य ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको हो ।
फागुन २१ गतेबाट खुल्ने कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले ढिला गरि फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर लगानीमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागिसम्म आवेदन दिन सक्नेछन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ