शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्ष जनशक्ति उत्पादनमा उल्लेख्य प्रगति: प्रमुख जिसी

मङ्गलबार, १८ फागुन २०७७, १८ : ५८
मङ्गलबार, १८ फागुन २०७७

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दक्ष जनशक्तिको उत्पादनका क्षेत्रमा उल्लेख्य प्रगति गरेका कारण संयुक्त राष्ट्रसंघको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको बताएका छन् ।

सोमबार पोखरा महानगरपालिका शिक्षा महाशाखा एवं रोज फाउन्डेसनको सहकार्यमा सञ्चालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकको भूमिका सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । प्रमुख जिसीले राष्ट्रसंघका नेपालका स्वास्थ, शिक्षा, विकास र आय लगायतलाई हेरेर विकासशील  राष्ट्रको रुपमा सूचीकृत गर्न सिफरिस गरेको बताए ।

उनले सरकारको चालू आव २०७६/०७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्याड नि;शुल्क उपलब्ध गराउने योजना अनुरूप अनुदान हस्तान्तरण भैसकेको बताए । उनले अनुदान स्वरूप प्राप्त रकमलाई व्यवस्थित गरि प्रविधिमा जोडिनुपर्ने बताए । 

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले महानगरद्वारा शिक्षाको क्षेत्रमा गुणस्तरीयता कायम गर्न प्रतिबद्ध रहेको बताए । उनले किशोरीमा हुने महिनावारीसँग सम्बन्धित बिषयमा रोज फाउन्डेसनले सहजीकरण गरेको भन्दै धन्यवाद ज्ञापन गरे । 

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले किशोरीहरूको संवेदनशिल विषयप्रति फाउन्डेसन सक्रिय रुपमा लागि परेको बताइन् । उनले सामाजिक उत्तरदायित्वका निम्ति महानगरसँग सहकार्य गर्दै फाउन्डेसनले विद्यालयका किशोरीहरूलाई दिएको शिक्षा महत्त्वपूर्ण रहेको बताइन् । 

कार्यक्रममा पोखरा महानगर भित्रका ५ वटा विद्यालयलाई प्रमुख जिसीले निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण गरेका थिए ।  निशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन पाउनेमा भवानी कालिका मावि, विध्ववासिनी मावि, शिवशक्ति मावि, महेन्द्र मावि र रत्न पाण्डे मावि रहेका छन् । अन्य विद्यालयहरूलाई पनि सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइने फाउन्डेसनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप