शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित

मङ्गलबार, १८ फागुन २०७७, १८ : ४४
मङ्गलबार, १८ फागुन २०७७

पोखरा । पोखरा रंगशालामा जारी क्रिकेट प्रतियोगितामा चितवन क्रिकेट क्लब र सुपर जनरल पोखराले खेलमा जित हासिल गरेका छन् । चितवन क्वले, काठमाडौं बालुवाटारलाई र आयोजक पोखराले, स्याङजा क्रिकेट क्लबमाथि जित हासिल गरेको हो ।

मंगलबार भएको पहिलो खेलमा चितवन ४ विकेटले विजयी भएको हो । पहिला व्याटिङ्ग गरेको बालुवाटारले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । जसमा कप्तान सुमन उदयले २९ रनको पारी खेले । चितवनका दिपेश श्रेष्ठले ३ विकेट लिए । 

जितका लागि १ सय २७ रनको लक्ष्य पाएको चितवनले १४.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार ग¥यो । चितवनको जितमा प्रतीक शर्माले ५३ रनको महत्वपूर्ण योगदान दिए ।  ३३ बलको सामना गरेका उनले २ छक्का र ४ चौका प्रहार गरे । अर्का ब्याट्सम्यान विक्रम कुमार गुप्ताले २४ रन जोडका थिए ।

अर्को खेलमा पोखराले स्याङजामाथि २९ रनको जित निकालेको हो । पहिला व्याटिङ्ग गर्दै पोखराले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।  पोखराका लागि अनुभवी खेलाडी दिपेश खत्रीले सर्वाधिक १९ रन जोड्दा अनिल गुरुङले १७ रनको इनिङ खेले ।

जवाफी व्यङ्ग्यमा आएको स्याङजा १६.३ ओभरमा ८५ रनमै समेटिएको थियो । स्याङजालाई समेट्ने क्रममा म्यान अफ द म्याच दिपेश खत्रीले २, लालबहादुर अधिकारीले २ तथा गोविन्द प्रधान, सुवास भण्डारी र अमृत गुरुङले समान १–१ विकेट लिए । स्याङजाका मिलन क्षेत्रीले १४ रन जोडेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप