१५ वर्षपछि फरार अभियुक्त पक्राउ
मङ्गलबार, १८ फागुन २०७७, १४ : १९
सुर्खेत । दैलेख प्रहरीले बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ । सदरमुकाम समेत रहेको नारायण नगरपालिका–६ का टेकराज केसी र उनकी कान्छी श्रीमती तृती केसीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । ‘उनीहरुलाई सोमबार पक्राउ गरिएको हो’ डिएसपी अनुपम श्रेष्ठले भने ।
बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२ माघ ९ गते दुई वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका दुई जनालाई कैद भुक्तानीका लागि दैलेख जिल्ला अदालतमा उपस्थित गराइएको र कारागार चलान गरिएको श्रेष्ठले जानकारी दिए ।