राजदूत रेग्मीले गरे पदबहाली
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । सोमबार श्रीमतीसहित लन्डन आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट प्रवक्ता रोशन खनाल, सैनिक सहचारी लगायत दूतावासका अन्य कर्मचारीले स्वागत गरेका थिए ।
स्याङ्जामा जन्मिएका रेग्मीले सन् १९९५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी वन मन्त्रालय, अर्थ मन्त्रालय,भूमिसुधार मन्त्रालय हुँदै सन् २०१७ मा मुख्यसचिव भएका थिए । नेपाल सरकारबाट बेलायतको राजदूतमा सिफारिश हुनुअघि रेग्मीले नेपाल सरकारको मुख्य सचिव पदबाट राजीनामा गरेका थिए । उनले गत बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजदूत पदको सपथ लिएका हुन्
।
निवर्तमान राजदूत डा.दुर्गाबहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर (थप केहि महिनापछि) गत फेब्रुअरी ७ तारिखका दिन स्वदेश फर्किएका थिए । पछिल्लो समयमा कार्यवाहक राजदूतको रुपमा दूतावासका प्रवक्ता एवम् उप नियोग प्रमुख रोशन खनालले काम गर्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद