शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली, अब को बन्ला ?

मङ्गलबार, १८ फागुन २०७७, १३ : ४३
मङ्गलबार, १८ फागुन २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आजै (मंगलबार) बाट अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए । 

यसअघि यी दुबै गभर्नरको आकांक्षी थिए तर अन्तमा सरकारले लगानी बोर्डको सिइओलाई (महाप्रसाद अधिकारी) राष्ट्र बैंकको गभर्नर बनायो  । श्रेष्ठ आफ्नो कार्यकालमा केही विवादित बनेका थिए । तर उनले आफुलाई गभर्नरमा प्रतिस्पर्धा गर्न नदिन विवादित बनाएको अभिव्यक्ति दिँदै आएका थिए । अन्तमा उनले सफाइ पनि पाए । 

सिवाकोटीलाई नेकपा निकट र श्रेष्ठलाई काँग्रेस निकटका रुपमा हेरिने गरिन्छ । राष्ट्र बैंकमा अब डेपुटी गभर्नरको पद खाली भएको छ । राष्ट्र बैंकका सञ्चालक समितिमा डेपुटी गभर्नरहरू सदस्य रहने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप