कैलालीमा व्यापारी हत्या: चार दिनसम्म हत्याराको पहिचान खुलेन
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ घर भएका व्यापारी ३६ वर्षीय शिवचरण राना मृत फेला परे । गेटामा किराना पसल चलाउने रानाको शव शनिवार फेला परेको थियो । उनी आँखा अस्पताल नजिकै किराना पसल चलाउँथे, राति पसलमा सुत्थे । बिहान घर जान्थे । तर, फागुन १५ मा घर नगएपछि पत्नी सुगुनी उनको खोजीमा निस्किइन् । गेटा मेडिकल कलेज नजिकै निर्माणाधीन नालामा उनको शव भेटियो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेमबहादुर शाही र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना अनुसन्धान गरिरहेका छन् । तर, प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले रातोपाटीलाई बताएका छन् । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो ।
मृतकका परिवारले हत्यामा संलग्न पत्ता नलगाएसम्म शव जिम्मा नलिने अडान राखेका छन् । शिवचरणको शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । हत्यामा संलग्नताको आशंकामा १२ जनाभन्दा बढीलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानको दायरमा ल्याइएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । डिएसपी विष्टकाअनुसार ६ जनामा केन्द्रीत रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण