बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताको साथ लिइन्छः प्रधानमन्त्री

मङ्गलबार, १८ फागुन २०७७, १३ : १९
मङ्गलबार, १८ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरूको साथ लिएर बनाउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् । 

वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औल्याए । उनले भने,  ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइन । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ ।

त्यो सखाप नीति होईन, वैज्ञानिक नीति हुनुप¥यो । दिगो वन विकास नीति हुनुप¥यो । प्रतिफल दिने विकास नीति हुनुप¥यो । र यो कुरा के भने हामी नीतिहरु बनाउँदा तपाईंहरुको साथ लिएर बनाउँछौ । जनताको साथ लिएर बनाउँछौ । उपभोक्ताको साथ लिएर बनाउँछौ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि इत्यादि सबैकुरा जनताको साथ लिएर बनाउँछौँ ।’

प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भूमिका खेलेको बताए । उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजिवन दिएको उनको भनाइ छ । फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि उनले बताए । 
प्रधानमन्त्री ओलीले सबै प्रकारका वन हरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि सो क्रममा बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप