बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

मङ्गलबार, १८ फागुन २०७७, ११ : ५३
मङ्गलबार, १८ फागुन २०७७

काडमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा  प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ । 

झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए । 

आज बिहान प्रचण्ड-नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए । सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद उत्पन्न भएको थियो । 

एसएसपी सिंहका अनुसार दुवै पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप