शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा ट्याक्टर दुर्घटना, आठजना घाइते

मङ्गलबार, १८ फागुन २०७७, १० : ५९
मङ्गलबार, १८ फागुन २०७७

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–६ भाटगाउँमा सोमबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

नराकोट बजारबाट नुन बोकेर भाटगाउँतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बेलुकी करिव साढे आठ बजे सडकवाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते आठजनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा स्थानीय ५० वर्षीया भोटेनी बुढा र ६० वर्षीया मीनकली बुढा छन् ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा घाइतेहरुको उपचार भइरहको जुम्ला प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप