मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रावललाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी

मङ्गलबार, १८ फागुन २०७७, १० : ३५
मङ्गलबार, १८ फागुन २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिको जिम्मेवारी अस्पतालका निर्देशक डा मंगल रावललाई दिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले डा रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् । 

 चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा रावल डेढ वर्षदेखि अस्पताल निर्देशकको रुपमा कार्यरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप