शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका २२ राज्यमा कोरोना संक्रमणको रफ्तार तीव्र, सक्रिय संक्रमितको सूचीमा १३ औँ स्थानमा उक्लियो

मङ्गलबार, १८ फागुन २०७७, ०९ : ५२
मङ्गलबार, १८ फागुन २०७७

भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार तीव्र गतिमा वृद्धि देखिएको छ । २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ ।

१० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र थिए । सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ जहाँ सबै ३६ जिल्ला प्रभावित बनेका छन् । यसका अलावा केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्ला रहेका छन् । यी जिल्लाहरुमा पछिल्लो दुई महिनाको तुलनामा हर दिन कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।

भारतमा हाल १.६५ लाख सक्रिय संक्रमित रहेका छन् । यस मामिलामा भारत विश्वमा १३ औँ स्थानमा उक्लिएको छ । दुई दिनअघि भारत १५ औँ स्थानमा रहेको थियो । १० दिनअघि भारत सक्रिय संक्रमितको मामिलामा शीर्ष १५ देशको सूचीबाट बाहिरिइसकेको थियो । हर दिन धेरै संक्रमित भेटिने देशको सूचीमा भारत अब ४–५ नम्बरमा आइपुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५६३ जना नयाँ संक्रमित फेला परेका छन् । यसक्रममा ११ हजार ९९० जना संक्रमित निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ । हालसम्म भारतमा १.११ करोड बढी संक्रमित भइसकेका छन् । यसमध्ये १.०७ करोड निको भएका छन् । १.५७ लाख जनाले ज्यान गुमाइसकेका छन् ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप