बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

एजेन्सी । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ । बेलायती महामारी एलिजाबेथ द्धितीयका ९९ वर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्बन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ ।
उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।
‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्’ एक अधिकारीले भने । उनको मुटुमा सङ्क्रमण देखिएको बताइएको छ ।
राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ बर्ष पुगेकी छिन् । उनीहरु दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग
-
कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन
-
नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम तय