जापानसँग वार्ताका लागि तयार छौंः दक्षिण कोरिया

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ ।
‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरू यो वार्ताबाट हट्न सक्नेछ’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने । दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा उनले राष्ट्रिय टेलिभिजनबाट गर्नुभएको सम्बोधनका क्रममा सो धारणा राखेका हुन् । आजकै दिन कोरियाली प्रायःद्वीप जापानी उपनिवेशबाट स्वतन्त्र भएको थियो ।
राष्ट्रपति मुन जाय–इनले भने– ‘मलाई यति विश्वास छ कि हामी दुवै देशले वार्ताको टेबलमा बसेर हाम्रा अनेक समस्याको समाधानमा प्रयास गर्यौँ भने आपसका हाम्रा असमझदारीहरू हट्नेछन् र हामी हरेक समस्याको समाधानका लागि तयार हुनेछौँ ।’
दक्षिण कोरिया र जापानबीचको सम्बन्ध विगतका केही मुद्दाहरूका कारण राम्रो हुन सकेको छैन । जापानले कोरियाली महिलाहरुलाई यौनदाशीका रुपमा राख्नुका साथै अरु पनि केही ऐतिहासिक र व्यापारिक मुद्दाका कारण विगतदेखि नै यी दुई देशबीचमा असमझदारीहरू बढ्दै आएको छ ।
यी विषयहरुमा समय समयमा दक्षिण कोरिया र जापानले वार्ताका माध्यमबाट नै समस्या समाधानका प्रयास गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । पछिल्ला केही वर्षयता यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसैले दक्षिण कोरियाली राष्ट्रपति मुनले यो आह्वान गरेका हुन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
-
अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना