बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण सुडानमा सशस्त्रको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट

सोमबार, १७ फागुन २०७७, २२ : २१
सोमबार, १७ फागुन २०७७

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा खटिएका विभिन्न देशका सुरक्षाकर्मीमध्ये नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट ठहरिएको छ । शसस्त्र प्रहरी बलको फर्म्ड  पुलिस युनिट (एफपियु–१) सर्वोकृष्ट ठहरिएको हो । 

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वको चार सदस्यीय कार्य सम्पादन मूल्याङ्कन समितिले त्यहाँ खटिएका ६ युनिटमध्ये राजधानी जुवामा तैनाथ ‘नेपाल एफ.पि.यु.–१’ लाई सर्वोकृष्ट घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

सो समितिले तयार गरेको मूल्याङ्कन प्रतिवेदनमा सशस्त्र प्रहरीले शतप्रतिशत नतिजा ल्याएर सर्वोत्कृष्ट भएको कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुमार न्यौपानेले बताए ।  मिसनमा तैनाथ एफपियु बीचमा विभिन्न विधामा मूल्याङ्कन गरी उत्कृष्टता छनौट गरिन्छ । आठ विधामा युनिटहरूको बीचमा आन्तरिक प्रतिस्पर्धामा हुन्छ । हरेक विधामा चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइन्छ । १८ फेब्रुअरीमा लिइएको परीक्षामा सशस्त्र प्रहरीले ३२ अंक ल्याउन सफल भएको छ ।

सशस्त्र प्रहरीका एसएसपी कुमार न्यौपानेले नेतृत्व गरेको सो युनिटमा डिपुटी कमाण्डिङ अफिसर डिएसपी शिवप्रसाद गैहे, चिफ लजिष्टिक अफिसरमा डिएसपी रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरमा डिएसपी अरुणकुमार शर्मा छन् । 

सो युनिटमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् ।  दक्षिण सुडानमा नेपालका दुईवटा, रुवन्डाको तीनवटा र घानाको एक गरी जम्मा ६ वटा एफपियु परिचालित छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप