कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल
सोमबार, १७ फागुन २०७७, १८ : २०
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवाहक उपकुलपतिमा डा.मंगल रावलले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री त्रिपाठीले डाक्टर रावललाई सोमवार जिम्मेवारी दिएका हुन् ।
चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सकिएपछि डा.रावलले कार्यवाहकको जिम्मेवारी पाएको मन्त्रालयले जनाएको छ । डा.रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अस्पताल निर्देशकको रुपमा कार्यरत थिए । डा.रावल हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान