
नाइजेरियामा अज्ञात बन्दुकधारीले सात जनाको हत्या गरे

अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् । कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या गरेको जानकारी दिए ।
अरुवानले उक्त घटनामा घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै स्थानीय सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेको बताए ।
नाइजेरियाको उत्तरी भूभागमा वर्षौंदेखि हत्या, लुटपाट, अपहरण र अन्य फौजदार अपराधका घटनाहरु भइरहेका छन् । सरकारले उत्तरी नाइजेरियाका गाउँमा हुने यी घटना रोक्न ठूलो संख्यामा सैनिक परिचालन गरेपनि आपराधिक घटनाहरु निरन्तर झैं भइरहेका छन् । –सिन्ह्वा

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ