शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा ४० अङ्कको बृद्धि, सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स

सोमबार, १७ फागुन २०७७, १५ : २२
सोमबार, १७ फागुन २०७७

 

सोमबार सेयर बजारमा बृद्धि देखिएपनि कारोबार रकम भने घटेको छ । ४०.६४ अङ्कले बढेको बजारमा ५ अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको हो । बजार समग्रमा १.६४ प्रतिशतले बढेको हो । 

यस दिन सबै समुह हरियाली भएको छ । जीवन बिमा र निर्जीवन बिमाको बढोत्तरी सबैभन्दा बढी छ । आज चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ । यस आधारमा पनि आजको कारोबारमा सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स परेको छ । यसको सेयर मूल्य ४ सय ५५ रुपैयाँ पुगेको छ । चन्द्रागिरीको बजार पुँजीकरण ६ अर्ब ९८ करोड पुगेको छ । 

कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयरमूल्य ७ सय १९ रुपैयाँ पुगेको छ । आजको कारोबारमा दोस्रो बढी कमाउनेमा यहि बैङ्क देखिएको छ । यता सबैभन्दा बढी गुमाउनेमा सिटिजन्स म्यूचुअल फण्ड २ देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप