शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र नेपाल निकट कर्मचारी संगठनको संयोजकमा प्याकुरेल

सोमबार, १७ फागुन २०७७, १५ : ०५
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको हो । एमालेले र माओवादीबीच ०७५ जेष्ठ ३ गते एकता भएपनि कर्मचारी संगठनबीच एकता हुन सकेको थिएन ।

आज भएको एकतासभाले तत्कालीन एमाले निकट पेसागत महासंघका अध्यक्ष  विश्वनाथ प्याकुरेल संयोजक बनेको छ  ।  यस्तै तीनजना सहसंयोजक मध्य माओवादी निकट मणिरत्न श्रेष्ठ, मोहनमान सुनुवार र एमाले निकट प्रेमकुमार खनाल रहेका छन् ।  दुई महासंघबीचको एकतापछि संगठनको नामा पेसागत महासंघ नेपाल राखिएको छ ।  एकता घोषणा सभाले ३ सय ३१ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप