राष्ट्रियताको सवालमा लाग्दा देशका केही शत्रुहरु विरुद्धमा लागेः ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएका छन् । उनले राष्ट्रियताको सवालमा दृढताका लागिपर्ने समेत बताए ।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेकपा ओलीपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी हाम्रो देशलाई साँच्चै नै माया गर्छौँ । देशको भौगोलिक अखण्डतालाई माया गर्छौँ , त्यसको रक्षा गर्छौ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ । राष्ट्रियताको सवालमा हामी सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डताको हामी दृढताका साथ रक्षा गर्छौ’, ओलीको भनाइ छ ।
तर, राष्ट्रियताको सवालमा आफूहरु एकजुट हुन खोज्दा केही देशका शत्रुहरु यसविरुद्ध लागिपरेको टिप्पणी गर्दै ओलीले उनीहरुले जनताबीचको एकता र उन्नती देख्न नचाहेको बताए । यद्यपी ओलीले राष्ट्रका ती शत्रुहरु को हुन् भन्नेबारे भने ओलीले केही खुलाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्री चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु