शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा निकट दुई पेसागत महासंघबीच एकता घोषणा

सोमबार, १७ फागुन २०७७, १४ : ११
सोमबार, १७ फागुन २०७७

काठमाडौं ।  पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणाा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन नेकपा माओवादी निकट कर्मचारी महासंघबीच सोमबार काठमाडौंमा एकता घोषणा भएको हो ।

एमाले र माओवादीबीच २०७५ जेष्ठ ३ गते पार्टी एकता भएपनि दुई पार्टी  निकट पेसागत संगठनबीचको एकता टुंगिन बाँकी थियो  । आज त्यसलाई एकता घोषणा गरिएको हो । नेकपा दुई भागमा विभाजन भए पनि पेसागत संगठनमा ठूलो असर देखिएको छैन । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह निकट दुई महासंघबीच एकता भएको हो । त्यसमा नेकपा केपी ओली समूह निकट पेसागत महासंघका नेता कार्यकर्ताको सहभागी छैन ।

कार्यक्रममा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्नेछन् । प्रचण्ड र नेपाल कार्यक्रममा पुगिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप