माल्दिभ्समा प्रियंका आयुष्मानको रोमान्टिक अवतार

काठमाडौंँ । कोरोनाको कहरको समय बलिउडका धेरै सेलिब्रेटी माल्दिभ्स पुगेका थिए । छुट्टी मनाउन भन्दै उनीहरुले माल्दिभ्सको समुद्री किनारमा खिचिएका बिभिन्न तस्बिर समेत सार्वजनिक गरे । अहिले नेपाली अभिनेत्री प्रियंका कार्की पनि माल्दिभ्स पुगेकी छन् । कार्की छुट्टी मनाउन भन्दा पनि ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् ।
गत शनिबार उनको जन्मदिन परेको थियो भने फागुन महिनामै उनको म्यारिज एनिभर्सरी’ समेत परेको छ । पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्स पुगेकी उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । तस्बिरमा प्रियंका र आयुष्मानको रोमान्स, जन्मदिन सेलिब्रेसन लगायत देख्न सकिन्छ ।
गत वर्षको फागुनमा विवाह गरेका प्रियंका र आयुष्मान कोरोना महामारीका कारण हनिमुनका लागि समेत निस्कन पाएका थिएनन् । त्यही भएर होला सायद उनीहरुले अहिले माल्दिभ्समा खुलेरै रोमान्स गरेको तस्बिरमा देख्न सकिन्छ ।
केही अगाडिसम्म नेपाली फिल्मकी नम्बर वान अभिनेत्री बन्न सफल प्रियंका म्युजिक भिडियोमा समेत फाट्टफुट्ट देखिने गर्छिन् । सामाजिक सञ्जालमा समेत निकै फ्यान पाएकी उनले सार्वजनिक गरेको माल्दिभ्सका तस्बिरले अहिले राम्रै चर्चा पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?