शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ स्वादसहित आइसवर्ग बजारमा

सोमबार, १७ फागुन २०७७, १२ : ५३
सोमबार, १७ फागुन २०७७

नेपालको पुरानो बियर ‘आइसबर्ग’ आज (सोमबार) बाट नयाँ स्वादमा बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सीजी होल्डिङ्सले किनेसँगै बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।   
गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो । हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो । यसको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ । 

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिन कम्पनीको विश्वास छ । तीन दशकअघि नेपाली बजारमा लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरूले नयाँ स्वादमा सेवन गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप