बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्णिमा र पवित्रा ‘मिस एण्ड मिसेस् व्युटिफुल नेपाल’ घोषित

सोमबार, १७ फागुन २०७७, १२ : ३५
सोमबार, १७ फागुन २०७७

काठमाडौँ । ‘मिस एण्ड मिसेस् व्युटिफुल नेपाल २०२१’को ताज पूर्णिमा क्षत्री र पवित्रा बञ्जाराले जितेका छन् । क्षत्रीले मिस  र बञ्जाराले मिसेस् तर्फको उपाधि हात परेका हुन् । दक्ष इन्टरनेशनल प्रालिले राजधानीमा एकसाथ आयोजना गरेको अविवाहित र विवाहित महिला बीचको सौन्दर्य प्रतियोगितामा क्षत्रीले  युट्युब मोस्ट भ्युज र मल्टी मिडिया च्वाइस अवार्डको उपाधि समेत हात पारेकी छन् । 
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको प्रतियोगितामा मिस तर्फ 

गीता उप्रेती फस्ट रनर्सअपका साथ वेस्ट एक्टिभ, मोस्ट आईकोनिक आईज र वेस्ट फिजिक तथा गीता गुरुङ सेकेण्ड रनर्सअपका साथ वेस्ट -याम्पवाक तथा पूजा नाथ थर्ड रनर्सअपका साथ मोस्ट पपुलर, फेसन आइकन र मोस्ट ट्यालेन्ट भए ।
त्यसैगरी सविना खुलाल मस्ट डिसिप्लेन र वेस्ट पर्सनालिटी, सोन्या शाही वेस्ट स्माइल, मनिषा यादव थापा मस्ट फोटोजेनिक, सुष्मिता देव मस्ट पंचुअल, विजया रञ्जित भ्युअर च्वाइस र वेस्ट डान्सर, अनिता तामाङ वेस्ट हेयर तथा उषा फुयाँल वेस्ट स्किन भए । 
त्यसै गरी मिसेस तर्फ सुशिला श्रेष्ठ फस्ट रनर्सअपका साथमा वेस्ट स्पीच र मस्ट पञ्चुअल, मञ्जु अधिकारी सेकेन्ड रनर्सअपका साथमा मस्ट एक्टिभ, अन्जु न्यौपाने थर्ड रनर्सअपका साथमा मस्ट फोटोजेनिक र सरु थापा मोस्ट पपुलर चुनिए ।
प्रतियोगितामा उमा खड्का भ्युअर च्वाइस, रोचना राजोपाध्याय मस्ट डिसिप्लेन, मीना महर्जन वेस्ट स्माइल, सिर्जना रुपाखेती पाण्डे वेस्ट डान्सर, उमा खड्का वेस्ट फिजिक, आरती भण्डारी वेस्ट हेयर, झुमा देवी ओली वेस्ट पर्सनालिटी, सरु थापा मल्टिमिडिया च्वाइस अवार्ड र विनिता देउला वेस्ट सिंगर विजेता हुन सफल भए ।
अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा अभिनेता सरोज खनाल, गीतकार डा. डिआर उपाध्याय, व्यवसायी सुजन रिमाल, पूर्व प्रधान सेनापति रुक्मांगत अभिनेत्री रेजिना उप्रेती, ¥यापर निर्णय लगायत निर्णायक रहेका थिए ।
विवाहित र अविवाहित महिलामा अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि मिस व्युटिफुल नेपाल र मिसेस् व्युटिफुल नेपाल प्रतियोगिता आयोजना गर्दै आएको आयोजक टेकराज पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप