शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकालाई यातना दिएको आरोपमा कास्कीको मादीबाट एक जना पक्राउ

सोमबार, १७ फागुन २०७७, १२ : १७
सोमबार, १७ फागुन २०७७

पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।  

उनका अनुसार कमजोर आर्थिक अवस्था भएका अभिभावकहरूका बालबालिकालाई निःशुल्क खान बस्ने व्यवस्था गरी स्कूलमा पढाउने आश्वासन दिएर ल्याएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ गरिएको हो । 

उनलाई वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
बालबालिकालाई हाल सिविन नेपाल संस्थामा राखेर घर, ठेगाना र अभिभावकको खोजीकार्य भइरहेको प्रवक्ता हमालले बताए । 

थापालाई बालबालिका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी हमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप