शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले नयाँ पार्टी नखोल्ने, तर २०२४ मा पुनः राष्ट्रपति पदका लागि लड्न सक्ने

सोमबार, १७ फागुन २०७७, ११ : ५३
सोमबार, १७ फागुन २०७७

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ पार्टी खोल्ने कुनै पनि योजना नरहेको बताएका छन् । रिपब्लिकन मत बाँडिने बताउँदै उनले नयाँ पार्टी नखोल्ने जिकिर गरेका हुन् । नयाँ पार्टी खोल्ने खबरलाई झुटो बताउँदै ७४ वर्षीय पूर्वराष्ट्रपतिले ठट्टा गर्दै भने, ‘के त्यो उत्कृष्ट हुँदैन होला ? नयाँ पार्टी खोलौँ ताकि हामी हाम्रो मतलाई विभाजन गरौँ र कहिले पनि जितौँ ।’

‘हामीसँग रिपब्लिकन पार्टी छ । यो एकताबद्ध हुनेछ र इतिहासकै शक्तिशाली बन्नेछ,’ उनले थपे । ट्रम्प अझै पनि आफ्ना समर्थक माझ निकै लोकप्रिय रहेका छन् । ​डेमोक्र्याट जो बाइडेन राष्ट्रपति बनेपछिको पहिलो भाषणमा उनले सन् २०२४ मा राष्ट्रपति पदका लागि पुनः लड्न सक्ने सङ्केत पनि गरे । आफ्नो उत्तराधिकारीको खुलेर आलोचना गर्दै उनले अमेरिकी नीति ‘अमेरिका पहिलोबाट अमेरिका अन्तिम’ मा पुगेको दाबी गरे ।

ओर्लान्डोमा आइतबार आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)ं मा ट्रम्पको उपस्थिति रिपब्लिकन पार्टीमा उनको निरन्तर प्रभावलाई प्रतिबिम्बित गर्दथ्यो । बिहीबारबाट सुरु भएको सम्मेलनको वातावरण ‘प्रो–ट्रम्प’ देखिएको थियो । कार्यक्रममा टेक्ससका सिनेटर टेड क्रुज र ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर लगायत वक्ता थिए ।

जनवरीको क्यापिटल हिलमा भएको हिंसाका कारण पूर्वराष्ट्रपति अझै पनि फेसबुक र ट्वीटरमा प्रतिबन्धित रहेका छन् । ह्वाइट हाउसबाट बर्हिगमन भएपछि उनी मार–ए–लागो फ्लोरिडा गल्फ रिसोर्टमा बस्दै आएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप