शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

सोमबार, १७ फागुन २०७७, ११ : ४८
सोमबार, १७ फागुन २०७७

नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ।  सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फागुन १९ गतेका लागि तय गरिएको छ । 
पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा  बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । 

प्रचण्ड–नेपाल पक्षका एक नेताले पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि सर्कुलर आएको बताए । बैठक दिउँसो १ बजे बस्नेछ । 

यस्तै फागुन १९ अघि नै पार्टी स्थायी समितिको बैठक पनि बस्नेछ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको पनि बताए । 
उनले भने, ‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ ।’

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच सांसद र केन्द्रीय सदस्य तानातानको अवस्था रहेको छ । प्रचण्ड नेपाल पक्षले आफूहरुसँग केन्द्रीय समिति र संसदीय दल दुबैमा आफ्नो बहुमत रहेको दावी गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप