बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्थायी र केन्द्रीय समिति बैठक बोलाउने प्रचण्ड–माधव पक्षको तयारी

सोमबार, १७ फागुन २०७७, ११ : ३९
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले दुई तीन दिनभित्रै स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने भएको छ । विकसित पछिल्लो राजनीति घटनाक्रमका विषयमा छलफल र आवश्यक निर्णय गर्न चाँडै दुवै कमिटीका बैठक बोलाउने तयारी गरेको नेकपा प्रचण्ड माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । 
‘सर्वोच्च अदालतको फैसलापछिको विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाउने निर्णय गरेको हो । मिति फिक्स भैसकेको छैन’, प्रवक्ता श्रेष्ठको भनाइ छ । 
ती बैठकमा निर्वाचन आयोगले गरेको ढिलाइ, २३ गते बोलाइएको प्रतिनिधि सभामा प्रस्तुत हुने रणनीति, पार्टीभित्रको सांगठनिक संरचनालाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् । 

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानुनी मान्यता पाउन सकेको छैन । निर्वाचन आयोगमा प्रचण्ड माधव पक्षले झण्डै दुई तिहाई केन्द्रीय सदस्यसहित विवाद निरुपणका लागि आवश्यक प्रमाणहरु पेश गरेपनि आयोग अनिर्णयको बन्दी बनिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप