मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार, १७ फागुन २०७७, ११ : ३५
सोमबार, १७ फागुन २०७७

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १३३० पुगेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप