बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२९ फागुनमा ‘नेफ्टा फिल्म अवार्ड’

सोमबार, १७ फागुन २०७७, ११ : २९
सोमबार, १७ फागुन २०७७


काठमाडौंँ । कोभिड–१९ को कारण समयमा हुन नसकेको ‘नेफ्टा अवार्ड’ २९ फागुनमा आयोजना हुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजना हुन लागेको अवार्ड नेफ्टाको १० औं संस्करण हो । ‘एलआइसी नेफ्टा फिल्म अवार्ड’ नाम दिइएको यो अवार्डलाई उत्कृष्ट बनाउने प्रयास भैरहेको इभेन्ट निर्देशक कमल जिसीले बताए ।

इभेन्ट निर्देशक जिसीका अनुसार कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुको अहिले नाचघरमा जमलमा रिहर्लसल भैरहेको छ । राजेश हमालको विशेष प्रस्तुति र शोभित बस्नेत, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्कीलगायत दर्जन चर्चित कलाकारले प्रस्तुति दिनेछन् । कार्यक्रमको उद्घोषण सन्दिप क्षेत्री, सञ्जोक बस्याल, माल्भिका सुब्बाले गर्नेछन् ।

सोल्टी होटलमा भव्य समारोह बीच अवार्ड आयोजना हुने आयोजक संस्थाले जनाएको छ । 
गत १ फागुनमा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्दै मनोनयनको प्रमाणपत्र समेत वितरण गरिएको थियो । ३१ विधामा वितरण गरिने अवार्डमा उत्कृष्ट अभिनेता तर्फ विपिन कार्की, बिनय श्रेष्ठ, खगेन्द्र लामिछाने र अनमोल केसीको प्रतिस्पर्धा रहेको छ, भने अभिनेत्री तर्फ नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाई रहेका छन् ।

त्यसैगरि अवार्डमा उत्कृष्ट फिल्म तर्फ प्रसाद, रोमियो एण्ड मुना, हरी, कथा काठमाडौं तथा छक्का पञ्जा–३ बीच प्रतिस्पर्धा हुनेछ । नेफ्टा अवार्डको मनोनयनमा ‘प्रसाद’ सर्वाधिक १३ विधा, ‘ए मेरो हजुर–३’ ११ र ‘छक्का पञ्जा–३’ १० तथा ‘हरि’ ८ विधामा मनोनित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप