ad
केन्द्रीय संस्करण

अपराधको केन्द्र बन्दै गुल्मी : गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी

person explore access_timeफागुन १७, २०७७ chat_bubble_outline0
साङ्केतिक तस्विर

 

गुल्मी ।  गत राति गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ६ रिमुवाको वडा कार्यालयसहित चार वटा घर फोडेर चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले वडा कार्यालयसहित केही घरमा चोरी भएको जानकारी आएपछि प्रहरी पुगेर विवरण संकलन गरिरहेको जानकारी दिए । ‘के कति चोरी भयो भन्ने कुराको पूर्ण विवरण आइसकेको छैन,’ डिएसपी पाण्डेले भने ।

रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले पनि वडा कार्यालयसहित चारवटा घरमा चोरी भएको जानकारी प्राप्त भएकोले आफुहरु त्यसतर्फ जाँदै गरेको बताए । यसअघि गुल्मीको मालिका गाउँपालिका वडा नम्वर–७ घमिरको वडा कार्यालयमा ३ पटकसम्म तोडफोड र चोरी भयो । चोर अझै पत्ता लाग्न सकेको छैन । त्यस्तै  इस्मा गाउँपालिका वडा नम्वर २ को वडा कार्यालय पनि तोडफोड र चोरी भएको थियो । त्यसको पनि दोषी पत्ता लाग्न सकेको छैन ।

सदरमुकाम तम्घास मै साना सवारी साधान चोरी भयो । चोरीमा संलग्न पत्ता लाग्न नसक्नुले चोरी र अन्य अपराधका घटना गुल्मीमा बढ्दो छ । ६ महिनाअघि आफ्नो रेष्टुरेन्टमा बसेका हस्तीचौरका एक युवाको विभत्स हत्या भयो । त्यस घटनाका हत्यारा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन ।

गुल्मी कै रातामाटा गाउँमा माघ ३ गते दिउँसो अज्ञात व्यक्तिले भरुवा बन्दुक प्रहार गरी त्यस गाउँका तुलबहादुर बिकको हत्या गरे । त्यस घटनाका हत्यारालाई पनि प्रहरीले पक्रन सकेको छैन ।

केही दिन अघि रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा तीन जना युवाहरु घर मै आएर २१ वर्षीया  सम्झना बोहरा खत्रीलाई बेपत्ता पारे । दुई दिन पछि घर नजिकैको रुखमा उनकी सासु झुण्डिएको अवस्थामा फेला परिन । रहस्यमय त्यस घटनाको पनि प्रहरीले सत्य तथ्य बाहिर ल्याउन सकेको छैन ।  प्रहरीको निरीहता विरुद्ध नागरिकहरुले जिल्ला प्रशासन घेराउ पनि गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.