बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

सोमबार, १७ फागुन २०७७, ०७ : ५१
सोमबार, १७ फागुन २०७७

मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । 

महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । 

महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग,  हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ । 

यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । 

यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप