शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सोमबार, १७ फागुन २०७७, ०७ : ०२
सोमबार, १७ फागुन २०७७

काठमाडौँ । नयाँ सवारी साधन खरिद  गर्दै  हुनुहुन्छ  भने  सवारी  दर्तादेखि  नै  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । 

नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ  खरिद  गरिने  सवारी  साधनले  दर्तादेखि  नै  अनिवार्य  रूपले  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिए  ।  उनका  अनुसार  विभागले  यसै  महिनादेखि  नै  यो प्रावधान लागू गर्न लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप